हिजोआज काठमाडौंमा धरहरा चढ्नेहरुको भीड छ । निर्माणको काम नसकिंदै सञ्चालन गरिएको २२ तले नयाँ धरहराको छेउमा अलपत्र छ, २०७२ सालमा भूकम्पबाट भत्किएको भीमसेन स्तम्भ (पुरानो धरहराको फेद) ।
Advertisement 1
सरकारले पुरानो धरहरालाई सीसाभित्र राखेर संरक्षण गर्ने अनि बाहिरबाट पुरानो (१९९० को भूकम्पअघिको ११ तले) धरहराजस्तै देखिने गरी अर्को धरहरा बनाउने काम अघि बढाएको थियो ।
पुरानो धरहरा क्षेत्र आसपासको राष्ट्र बैंकको टक्सार र हुलाक सेवा विभागको जग्गा समेत लिएर पुरानो धरहरा र सुन्धारासहितको क्षेत्रलाई भूकम्प संग्रहालयको रुपमा विकास गर्ने भनिएको थियो । तर, भनेअनुसार काम भएन । ठेक्का लगाउँदासम्म सीसाभित्र राखेर संरक्षण र प्रदर्शन गर्ने योजना थियो ।
Advertisement 2
तर, नयाँ धरहराको काम हुँदै गर्दा धरहराको ठुटो संरक्षणबारे फरक मत आए । स्थानीयले पुरातात्विक धरहरालाई सीसाभित्र राख्ने योजनाको विरोध गरेपछि सो काम हुन सकेन । त्यसपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्ने योजना बन्यो ।
तर, सीसाभित्र नराखे पनि भत्किएको धरहरालाई पनि भत्किंदा जुन स्वरुपमा आयो, दुरुस्तै राखिरहनु पर्ने र त्यसमा थप क्षति हुन नदिने विषय पेचिलो थियो ।
Advertisement 3
धरहराको बाँकी रहेको भागलाई प्रबलीकरण (रेट्रोफिट) गर्दै सो संरचनालाई ‘केमिकल ट्रिटमेन्ट’ गरेर स्थिर बनाउनेछ योजना सरकारले बनायो ।