
सरकारले गैरआवासीय नेपालीलाई विदेशी लगानीको स्वीकृति आवश्यक नहुने गरी कानून संशोधन गरेको छ ।
Advertisement 1
मन्त्रिपरिषद् बैठकले शुक्रबार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
गैरआवासीय नेपाली ऐनको दफा ७ मा गैरआवासीय नेपाली वा गैरआवासीय नेपालीको ५० प्रतिशतभन्दा बढी लगानी भएको कुनै विदेशी कम्पनीले नेपालमा विदेशी लगानीका लागि खुला भएका क्षेत्रमा परिपत्र्य विदेशी मुद्रामा लगानी गर्नसक्ने व्यवस्था छ । यसरी विदेशी मुद्रामा गरेको लगानी उद्योग विभागबाट स्वीकृत गर्नुपर्ने विद्यमान व्यवस्थामा संशोधन प्रस्ताव गरिएको हो ।



