नमुना विद्या सदन विद्यालयले शुरु गर्यो खेल सप्ताह

कोहलपुर:  बाँकेको कोहलपुर ८ मा रहेको नमुना विद्या सदनमा विद्यालयको बार्षिक क्यालेण्डर वमोजिम खेल सप्ताह शुरु गरिएको छ । विद्यालयमा विभिन्न सदनहरुविच अन्तर सदनात्मक प्रतिस्पर्धा रहने खेल सप्ताहका विभिन्न विधाका खेलहरु समावेश गरिएको विद्यालयका कार्यकारी निर्देशक शिव डाँगिले बुलेट न्युजसंगको कुराकानिका क्रममा बताए ।

Advertisement 1

एथलेटिक्स, भलिवल, फुटवल तथा कराते विधामा प्रतिस्पर्धा रहने खेल सप्ताहको कार्यक्रमका प्रमुख अतिथी एबं कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगिले एक समारोहका विच उदघाटन गरे ।

विद्यालय सञ्चालक समिती अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा विद्यार्थी आरोही अधिकारी तथा शिक्षक नविन रावतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मार्चपास सहित उदघान समारोहमा प्रमुख अतिथीले झण्डोत्तलन गर्दै खेल सप्ताहको उदघाटन गरेका थिए भने कार्यक्रमको सञ्चालन शुसक विष्ट र आरजु अधिकारीले गरेका थिए ।

प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs