राष्ट्र बैंकले ६० अर्ब रकम बैंक तथा वित्तीय क्षेत्रबाट खिच्दै

नेपाल राष्ट्रबैंकले आइताबार बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन निष्कासन गरेको छ।

Advertisement 1

बैंकले निक्षेप संकलन नामक मौद्रिक उपकरणअन्तर्गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको हो। बैंकले २१ दिनका लागि निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई बोलकबोलमा सहभागी हुन भनेको छ।

इच्छुक वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसहित अनलाईन बोलकबोलमा सहभागी हुन सक्नेछन्।

Advertisement 2

राष्ट्रबैंकले आज संकलन गरेको निक्षेप माघ २७ गते ब्याजसहित फिर्ता गर्नेछ।

प्रकाशित : १ वर्ष अगाडि

No posts found.

Designed by Gorkhaly Labs