गाजामा युद्धविराम : पहिलो चरणमा रिहा हुने सूचीमा परेनन् विपिन

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची दिएपछि इजरायलले सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

Advertisement 1

युद्धविराम भएको पहिलो दिन आइतबार तीन बन्धक रिहा भएका छन् । डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन आइतबार साँझ रिहा भएका हुन् । उनीहरू तीनै जनालाई रेडक्रसको टोलीले गाजाबाट इजरायल ल्याएको हो । इजरायलका अनुसार उनीहरू तीनै जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा थिए । इजरायलले पनि महिला र बालबालिकासहित ९० जना प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ ।

प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs