हर्क साम्पाङलाई मन्त्री यादवको जवाफः यही वर्ष टेण्डर निस्किन्छ, खुसी भएर फर्कनू

खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा  खानेपानीकाे समस्या चाँडै समाधान हुने  आश्वासन दिएका छन् ।

Advertisement 1

खानेपानी मन्त्री  यादव भेट्न मन्त्रालय पुगेका  साम्पाङलाई मन्त्री यादवले  धरानमा खानेपानीकाे लागि  यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर  धरान फर्कन आग्रह गरेका हुन्।

मन्त्री यादवले आफू धरानवासीप्रति सधैँ सकारात्मक रहेको  बताउँदै खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement 2

उनले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने बताए ।

प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs