नयाँ शैलिमा, युरोमा वसन्त पञ्चमिको अवसरमा अक्षरारम्भ शुरुवात

बाँके, कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेको गत वर्ष मात्र खुलेको युरो स्कुललले विद्यालयमा नयाँ शैलिको प्रयोग गर्दै वालवालिकाहरुलाई वसन्त मञ्चमीका अवसरमा अक्षरारम्भ अभियानको शुभारम्भ सम्पन्न गरेको छ ।

Advertisement 1

विद्यालयमा नयाँ भर्ना हुन आएका बालबालिकाहरु आफैले रेखांकन गेरका पहिलो अक्षर सहितको फोटोलाई फ्रेममा राख्दै अभिभावकहरुलाई नै हस्तान्तरण गरीएको छ ।

विद्यालयका कार्यकारी निर्देशक कमल पछाईले बालबालिकाहरुको अक्षर सिकाईको पहिलो दिनलाई जिवनभरी अविष्मरणिय बनाउन यस किसिमले कार्यक्रमको प्रारुप बनाएको बताउनु भएको छ । हेर्दा सामान्यजस्तो देखिएपनि यसले विद्यार्थीको जिवनमा निकै अर्थ राख्ने र बच्चालाई सिकाईमा प्रेरित पनि गर्छ , कार्यकारी निर्देशक पछाईको भनाई थियो ।

Advertisement 2

यससैगरी विद्यालयका शैक्षिक सल्लाहाकार बिनोद लामिछानेले अक्षरारम्भको पहिलो दिन ३० जना बालबालिकाहरु आफनो विद्यालयमा भर्ना भएको जनाउदैे यो अभियान निरन्तर रहने भन्दै एक हप्ताभित्र थप नयाँ ५० जना बालबालिका भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको बताए ।

Advertisement 3

विद्यालयमा आधुनिक शैलीको शैक्षिक पद्घति अपनाइ शिक्षक सिकाईका क्रियाकलाप गरीएको विद्यालयका प्रिन्सिपल जेम्सले बताउनु भएको छ । उहाँका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर सिकाईको तरीकालाई त्यसै अनुसार अवलम्वन गरीएको छ ।

प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs