भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पटक–पटक सार्वजनिक मञ्चमा भन्दै आएका छन्– मुख्य चाडपर्व अगाडि सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न हुन्छ ।’
Advertisement 1
उता, यातायात व्यवसायी देशभरिका असुरक्षित सडक देखाउँदै अग्रिम टिकट बुकिङका लागि उत्साहित छैनन् । फितलो यातायात व्यवस्थापन, असुरक्षित सडक र अधिक यात्रु चापबीच यसपालि दशैंमा यात्रा गर्नुपर्ने बाध्यता हुन सक्ने देखिएको छ ।
‘काठमाडौंबाट जिल्ला गएको बस तोकिएकै समयमा फर्किने निश्चित भएको अवस्थामा मात्र अग्रिम टिकट काट्ने हो, सडकको यही हालतमा यो ग्यारेन्टी कसले दिन सक्छ ?,’ यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन् ।
Advertisement 2
१७ असोजमा परेको घटस्थापना अगाडि अब १५ दिनमात्र कार्य दिन छ । सरकार र व्यवसायीबीच अहिलेसम्म अग्रिम टिकट बुकिङ सहितका एजेन्डामा औपचारिक छलफल भइसकेको छैन ।
‘यति छोटो समयमा देशभरि भत्किएका सडकमा कसरी सुरक्षित र व्यवस्थित यातायात सञ्चालन सम्भव छ ?,’ सिटौला उल्टै प्रश्न गर्छन् ।
Advertisement 3
भौतिक मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकाल भने देशभरि सडक पूर्वाधार मर्मत र निर्माणको काम तत्परता साथ भइरहेको बताउँछन् । सुरक्षित यातायात व्यवस्थापनमा मन्त्रालय र मातहत निकाय गम्भीर भएर खटिएको उनको भनाइ छ ।