विपक्षी दलहरुको बैठकआज पनि बस्दै

संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको हो। बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ।

Advertisement 1

गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो। बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो।

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्।

प्रकाशित : १ वर्ष अगाडि

No posts found.

Designed by Gorkhaly Labs